कञ्चनपुरको एक होटलमा आगलागी हुँदा ५ लाख बढीको क्षति

कञ्चनपुरको एक होटलमा आगलागी भएकाे छ ।

जिल्लाको  भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा ५ लाख बढीको क्षति भएको छ।

स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालेको अगरबत्तीबाट गएराति आगलागी भएको हो। आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भटरलगायत सामग्री जलेर नष्ट भएको सञ्चालक थापाले जानकारी गराए ।

बुधबार राति  होटल बन्द गरेर घर हिँडेका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए।

आगलागी भएको खबर पाइएपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराए ।


५ चैत २०७७, बिहीवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु