punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णालीमा बेपत्ता भएको दश दिनपछि भेटियो रजनीको शव

Chaupati
safha napa

कर्णाली नदीमा बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी एक बालिकाको शव दश दिनपछि फेला परेको छ ।

स्थानीय मानसिंह बडुवालकी श्रीमती सुखी बडुवालले आफ्ना नाबालक चार सन्तानसहित गत फागुन २३ गते कर्णाली नदीमा फामफालेर आत्महत्या गरेकी थिइन् ।

एकै परिवारका पाँच जनामध्ये बेपत्ता कान्छी छोरी पाँच वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो अछामको तुर्माखाँद गाउँपालिका–३ असरामा भेटिएको हो । नदी किनारामा शव फेला परेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरीबहादुर प्याकुरेलले जानकारी दिए ।

कर्णालीमा हामफालेका आमा सुखीसहित तीन सन्तानको शव यसअघि नै भेटिएको थियो । सुखीले ८ वर्षीया छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरीता र ५ वर्षीया छोरी रजनीसहित नदीमा हामफालेकी थिइन् ।

चरम घरेलु हिंसाका कारण उक्त घटना भएको विश्लेषण गरिए पनि अनुसन्धानबाट श्रीमानले त्यति धेरै पीडा नदिएको खुलेको प्रहरीको भनाइ छ ।


३ चैत २०७७, मंगलवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु