विप्लव समूहका सेती महाकाली इञ्चार्ज पुन रिहा
विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन कैलाली कारागारबाट रिहा भएका छन ।
जिल्लाको कारागारमा राखिएका पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाल आज रिहा भएका
हुन । नेता पुन रिहा भएपछि कारागार बाहिर कार्यकर्ताहरु नाराबाजी सहित खुशी साटासाट गरिरहेका छन ।
सरकार र नेकपाबीच तीन बुँदे सहमति भएसँगै उनीहरुलाई रिहा गरिएको हो । पुनलाई ५० हजार धरौटीमा रिहा गरिएको उनले बताए । पुनलाई धनगढीको बेलीबाट प्रहरीले पक्राउ गरेको थियो ।
नेकपा र सरकारबीचको ३ बुँदे सहमतिसँगै २८ फागुन ०७५ मा सो पार्टीलाई लगाएको प्रतिबन्ध बिहीवार फुकुवा गरेको थियो ।
२१ फागुन २०७७, शुक्रवार १५:५९ बजे प्रकाशित













