तीन बुँदे सहमति भित्र स्वाधीनता र समृद्धिको सपना : नेकपा महासचिव विप्लव
विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति भित्र स्वाधीनता र समृद्धिको सपना भएको जानकारी गराएका छन् ।
शुक्रबार राजधानीमा औपचारिक हस्ताक्षर समारोहमा बोल्दै उनले तीन बुँदे सहमति भित्र स्वाधीनता र समृद्धिको सपना भएको बताएका हुन् । त्यो सकारात्मक सहमति प्रति आफूहरु खुशी भएको उनले बताएका छन् । तीन बुँदे सहमति पालना गर्न नेकपा प्रतिबद्ध रहेको उनले बताए।
चन्दले दलित महिला उत्पीडितको अवस्था उस्तै रहेको बताए। आजपनि नेपालमा कसैले सुरक्षित महसुस नगरेको उनले बताए।
२१ फागुन २०७७, शुक्रवार १५:५१ बजे प्रकाशित













