धनगढीबाट बालक बेपत्ता

धनगढीको भन्सार रोडबाट एक बालक बेपत्ता भएका छन् । स्थायी घर बाजुरा भई परिवारसंगै धनगढीस्थित भन्सार रोडमा बस्दै आएका १२ वर्षीय आदर्श बिष्ट आइतबार बेलुका ५ बजेदेखि बेपत्ता भएका हुन् ।

बेपत्ता बालककी आमा सीता बिष्टले विद्यालयको आफ्नै किताव बोक्ने झोला र एक जोड कपडासहित छोरा सम्पर्कविहीन भएको बताइन् । उनले आफन्तहरुकोमा पनि नभेटिएपछि छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि निवेदन दिएकी छन् ।

कसैले भेटाएमा ९८४८५४६०६० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन उनले आग्रह गरेकी छन् । बेपत्ता बालक शारदा माध्यामिक विद्यालय बैयाबेहडीमा कक्षामा ७ मा अध्ययनरत छन् ।


१७ फागुन २०७७, सोमवार २०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु