Alok

ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

कञ्चनपुर प्रहरीले बेलौरीको बैशाखीबाट ब्राउनसुगर सहित तीन भारतीय नागरिकलाई सोमबार नियन्त्रणमा लिएको छ ।

प्रहरीले दक्षिणी क्षेत्रमा लागू औषध ओसारपसार नियन्त्रणमा सक्रियता बढाएसंगै लागु औषध कारोबारी समातिन थालेका छन् । सोमबार शंकास्पद देखिएका भारतीय नागरिक २६ वर्षिय धर्मेन्द्र कुमार, २५ वर्षीय शुभम भसिन र ३० वर्षीय नितिन कुमारलाई ०९.९०० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

युपि ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा सवार उनिहरुबाट ४२ हजार ४६१ रुपैया चेकजाँचमा फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खडकाले बताए ।

सीमावर्ती भारतीय बजार सम्पुर्णानगर बस्ने उनिहरु माथी शंका लागेपछी चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर र उनले प्रहरी निरीक्षक खडकाले बताए ।

ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिइएका उनीहरुमाथि प्रहरीले लागू औषध सम्बन्धि मुद्दामा कारबाहीको प्रक्रियामा अघि बढाएको जनाएको छ ।

 


१७ फागुन २०७७, सोमवार १९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु