उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना
आज (सोमबार)देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
१७ फागुन २०७७, सोमवार ०८:३९ बजे प्रकाशित












