भागरथी हत्या प्रकरण : आरोपी दिनेशको डीएनए काठमाडौं पठाइयो

बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका भट्टको डीएनए परीक्षणका लागि काठमाडौं पठाइएको हो।

डीएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुनेछ ।

परीक्षण रिपोर्ट केही दिनमै आउने भएको प्रहरीले जनाएको छ। यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो। तर, परीक्षण रिपोर्ट भने आएको छैन।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा शव फेला परेका थियो। त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो।


१६ फागुन २०७७, आइतवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु