आइतबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरसको संक्रमण पुुुष्टि भएको छ । आज देशभरका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ पीसीआर परीक्षण गरिएकोमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगैनेपालमा ९ सय ६२ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ ।
हालसम्म देशभर २१ लाख ६२ हजार ९ सय ३६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।
१६ फागुन २०७७, आइतवार १६:४८ बजे प्रकाशित












