काँग्रेसको नीति तथा कार्यक्रममा सहमति हुनेसंग मात्रै सहकार्य हुन्छ : एनपी साउँद
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले काँग्रेसको नीति तथा कार्यक्रम र योजनासंग सहमति जनाउनेसंग मात्रै काँग्रेसले सहकार्य गर्ने बताएका छन् ।
प्रेस युनियन कैलालीको आयोजनामा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता साउँदले यस्तो धारणा राखेका हुन् ।
नेपाली काँग्रेसलाई नेकपाका दुबै अध्यक्षले पटक–पटक सरकारको नेतृत्व काँग्रेसलाई लिन आग्रह गरेको जानकारी गराउँदै उनले भने, ‘आफुहरुले सरकारमा जानलाई त्यति धेरै महत्व दिएको छैन ।’ उनले कुनै व्यक्ति विशेषसंग नभई काँग्रेसको योजनासंग सहमति जनाउनेसंग मात्रै सहकार्य गर्ने उनले बताए ।
यस्तै, उनले नेकपाका कारण संसदीय व्यवस्था नै धरापमा परेको बताए । नेकपाको आन्तरिक किचलो लाई नेपाली काँग्रेसले धर्यताका साथ हेरिरहेकोसमेत उनले बताए ।
नेता साउँदले यसअघि कञ्चनपुरमा काँग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गंगादत्त जोशी स्मृति पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।
१६ फागुन २०७७, आइतवार १६:२२ बजे प्रकाशित












