वनभोज गएका बेला छात्रामाथि यौन दुर्व्यहार गरेको आरोप, शिक्षक पक्राउ

अछामको साँफेबगर नगरपालिकामा वनभोज गएका बेला शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

साँफेबगर नगरपालिकाको वडा नम्बर १३ बाब्लामा मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको हो ।

शिक्षक कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

छात्राका अभिभावकसँग र गाउँका अन्य व्यक्तिसँग पनि घटनाको बारेमा सोधपुछको भइरहेको प्रहरीले बताएको छ।

विद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन्।


१६ फागुन २०७७, आइतवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु