बलात्कारमा संलग्न भएको आरोपमा एक महिला पक्राउ
बझाङमा बलात्कारमा संलग्न भएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई आइतबार सिराडबाट पक्राउ गरिएको हो । ती महिलाले बलात्कारमा सघाएको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताए ।
पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पक्राउ परेकी धामीलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।
सोही मुद्दामा फरार रहेका अर्का आरोपित दिपकबहादुर गुर्धामीको भने खोजी कार्य भइरहेको उनले जानकारी गराए ।
९ फागुन २०७७, आइतवार १६:३९ बजे प्रकाशित































