punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने

Chaupati
safha napa

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँको टुँडिखेल मानव साङ्लोले घेर्ने भएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको संघर्षमा रहेको नेकपाले चौथो चरणको आन्दोलनको दोस्रो दिन मानव साङ्लोले टुँडिखेल घेर्न लागेको हो।

केन्द्रीय संघर्ष समितिका सदस्य सूर्य सुवेदी पथिकले प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेर्न लागिएको प्रतिनिधि सभा विघटनविरुद्ध बताए ।

घेराउ कार्यक्रममा उपत्यकाका तीन जिल्ला कमिटी र जनवर्गीय संगठनहरु सहभागी हुने उनले जानकारी गराए ।

उनले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी आर्क विभाजन गरिएको बताए।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले फागुन २ गते चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


६ फागुन २०७७, बिहीवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु