ट्रकको ठक्करबाट थप एक जनाको मृत्यु
कैलालीमा ट्रकको ठक्करबाट थप एक जनाको मृत्यु भएको छ ।जिल्लाको लम्की चुहा १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा घाइते भएकी कैलारी गाउँपालिका १ तोरयापुरकि सन्ध्या चौधरीको पनि मृत्यु भएको हो ।
गम्भीर घाइते चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले बताए ।
बुधवार पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर बाट गम्भीर घाइते लम्की चुहाका दिनेस चौधरीको उपचारको क्रममा बुधबारनै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहले अर्की घाइते सन्ध्या चौधरीको पनि बुधवार उपचारको क्रममा मृत्यु भएको बताए ।
अहिले मृतकका आफन्तहरूले शव बुझ्न मानेका छैनन् । आफन्तहरूले पूर्व पश्चिम राजमार्गको लम्की मा सडक अवरुद्ध गरेका थिए । बन्द रहेको राजमार्ग मध्य रातमा खोलिएको उनले बताए । मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
६ फागुन २०७७, बिहीवार ११:०९ बजे प्रकाशित






























