punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लक्ष्मण थारुको अनसनप्रति संवेदनशील हुन मानव अधिकार आयोगको आग्रह

Chaupati
safha napa

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा अनसनरत लक्ष्मण थारूको स्वास्थ्य अवस्थाप्रति संवेनदशील हुन आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी आयोगले संविधान संशोधनलगायतका माग राखेर फागुन १ देखि आमरण अनसनमा रहेका थारुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य अवस्था गम्भीर भएकाले जीवन रक्षाको पहल गर्न आग्रह गरेको छ ।

अनसनका कारण थारुको रक्तचापमा अस्थिरता देखिएको, टाउको दुख्ने, ढाड दुख्ने एवम् स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई उनको मागका सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुग्न तथा जीवन रक्षाको लागि पहल गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘आपसी विमतिका विषयलाई वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानको लागि आमरण अनसन जस्तो कठीन बाटो नरोज्न समेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ’ आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।आयोगको सुदूरपश्चिम कार्यालय धनगढीको टोलीले थारुको स्वास्थ्य अवस्थाको अनुगमन गरेको थियो ।


८ फागुन २०७६, बिहीवार ०१:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु