भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप
नेपाली भूमिमा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपमा परेर सशस्त्र प्रहरीका दुई जना घाइते भएका छन्।
घाइते भएका सशस्त्र प्रहरीका २४ वर्षीय आयुष राय यादव र २५ वर्षीय नरेश यादवको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। आयुषको देब्रे कानमा चोट लागेको छ। नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ।
पर्सास्थित ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजादै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिएपछि झडप भएको थियो।
३० माघ २०७७, शुक्रवार १२:५९ बजे प्रकाशित












