नेकपा नेता खनाल उपचारका लागि दिल्ली उडे

पूर्व प्रधानमन्त्री एवं प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले शुक्रबार बिहान नेपाल एयरलाइन्सको उडानबाट नेता खनाल दिल्ली प्रस्थान गरेको बताए। उनका अनुसार नेता खनाल केही दिन दिल्लीमा रहने छन्।

पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेका हुन्।
पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन। यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।


३० माघ २०७७, शुक्रवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु