कैलाली–कञ्चनपुरमा ईट्टा अभाव
कैलाली–कैलालीमा हाल ईट्टा अभाव भएको छ । गत माघ महिनामा आएको हिउँदे वर्षाले प्रभावित ईट्टा व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनका कारण अहिलेसम्म सहज रुपमा ईट्टा उत्पादन हुन नसक्दा समस्या भइरहेको छ । यसले व्यवसायीसमेत मारमा परेका छन् ।
कैलाली–कञ्चनपुरमा ईट्टाको अभाव उत्पादन गर्न नसकेको जनाइएको छ।बजारमा इट्टा अभावसंगै मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरुले भारतबाट आयात गर्न पाउनुपर्ने माग अघि सारेका छन्।
‘अहिले पनि हामीले माग अनुसारको इट्टा पाउन सकेका छैनौं,’ निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले भने । ईट्टा व्यवसायीहरुले अहिले इट्टा थोर–थारै उत्पादन गरिरहेका छन।
अहिले इट्टा उद्योगले उत्पादन गरेको प्रति ईट्टाको मूल्य पनि महंगो रहेको छ । खप्तड इट्टा टायल उद्योगका सञ्चालक दीपेन्द्र श्रेष्ठले लामो समयदेखि बन्द रहेको इट्टा भट्टाबाट अहिले उत्पादन शुरु भइरहेको बताए। उनले भने –‘कोरोना महामारीसंगै सरकारले जारी गरेको लकडाउनका कारण हामी व्यवसायी मारमा परेका छौं।’
dगत माघमा प्रति ईट्टा १३ रुपैयाईँ रहेकोमा अहिले प्रति इट्टा १५ रुपैयाँ तिरेर पनि पाउन नसकेको निर्माण व्यवसायीहरुको गुनासो रहेको छ।
उनले कैलालीमा अहिले प्रति इट्टा १५ रुपैयाँको दर रहेकाले मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख लगायतलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। उनले भने –‘अहिले भारतमा प्रति इट्टा १० रुपैया रहेको छ । त्यसैले हामीले भारतबाट आयात गर्न पाउनुपर्छ भनी माग गरेका छौं।’
चैतमा केही इट्टा उत्पादन हुनै लागेको थियो सरकारले लकडाउन जारी गर्यो।’ उनले एक वर्षदेखि इट्टा व्यवसायीहरु मारमा परिरहेको स्मरण गर्दै भने –‘हामीले मजदुरको ज्याला, बैंकको ब्याज लगायत तिर्न पनि धौ–धौं भइरहेको छ।’
विकासे योजना निर्माणका लागि आवश्यक पर्ने इट्टा, सरिया, सिमेन्ट, नदीजन्य पदार्थ लगायतमा मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरु मारमा परेको जनाइएको छ।
३० माघ २०७७, शुक्रवार १३:३० बजे प्रकाशित












