रिहा भइन् रामकुमारी झाँक्री
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्री रिहा भएएकी छन् ।
नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार दिउँसो १ बजे उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो। प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो। उनलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।
२९ माघ २०७७, बिहीवार १९:०४ बजे प्रकाशित












