भागरथी हत्या प्रकरण : विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ (फोटो फिचर)

बलात्कार गरी हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

घटना भएको एक साता बितेपनि हत्यारा पत्ता लगाउने नसकेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले हत्यालाई कार्वाही गर, भागरथीलाई न्याय दे लगायतका नारा लगाएका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी किशोरी भागरथीको गत बिहीबार विद्यालय नजिकैको जङ्गलमा बलात्कार गरिएको अवस्थामा शव भेटिएको थियो ।

 


२९ माघ २०७७, बिहीवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु