नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले नेतृ झाक्रीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बझाएको थिए ।


२९ माघ २०७७, बिहीवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु