प्रचण्डको चेतावनी : सिंहदरबार र बालुवाटार घेर्न नपरोस्

नेकपा (प्रचण्ड–नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा सिंहदरबार बालुवाटार घेर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

यसअघि माघ २३ गते काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले बोलेको कुराको जवाफ दिँदै प्रचण्डले आवश्यक परेर सिंहदरबार र बालुवाटार गर्ने चेतावनी दिएका हुन् ।

‘ओलीले आमसभा कस्तो हुन्छ भनेर हेर्नुहोस् भन्नुभएको थियो,’ उनले भने, ‘लौ अब आज हेर्नुहोस् विरोध कस्तो हुन्छ । आवश्यक परे हेर्दै जानुहोला केही दिनमा बालुवाटा र सिंहदरबार पनि घेर्छौ हेर्नुहोला ।’ उनले १० लाख जनता बालुवाटार र सिंहदरबार घेर्न आउनुपर्ने वातावरण नबआउन उनले ओलीलाई आग्रह गरे ।


२८ माघ २०७७, बुधवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु