बर्डफ्लु देखिएपछि साढे २५ सय पन्छी नष्ट, जारी गरियो ४ बुँदे अपिल

काठमाडौंमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागले कडाई गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पन्छी नष्ट गरिएको छ।

पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट पारिएको हो।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ।

विभागका अनुसार १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की,  ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हो। रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले सूचना जारी गरी जानकारी दिएको छ।

जारी ४ बुँदे अपिल

१. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नरगराउन हुन

२. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नरगराउन हुन

३. फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन हुन

४. कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिन हुन।


१८ माघ २०७७, आइतवार ०९:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु