के सुदुरपश्चिम प्रदेश सरकार पुनर्गठन होला ? भिमरावल धनगढीमा

सुदुरपश्चिम प्रदेश सरकार फेरबेदल हुने भएको छ । प्रधानमन्त्री केपी ओली समूहका दुई मन्त्री सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री चयनका लागि तयारी शुरू भएको छ । सुदुरपश्चिम प्रदेश सभामा प्रचन्ड माधव समुहको बर्चस्व रहेको छ । यधपी मन्त्री बन्नको लागी उक्त समुहमा आकांक्षी धेरै भएपछि मन्त्री थप्ने कुरो त्यती सहज देखिएको छैन ।

प्रचन्ड माधव समुहका सुदुरपश्चिम इन्चार्ज भिमरावल धनगढी पुगेर छलफल शुरु गरेका छन। रावलले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग पनि यो बिषयमा छलफल गरेका छन । उक्त समुहमा रहेका वीरभान चौधरी ,तारालामा तमाङ, पूर्णा जोशी,दिर्घ सोडारी,मान बहादुर धामीको ब्यबस्थापन मुख्य चुनौती रहेको छ ।

यदी उनिहरुको मन्त्रीपरिषद सहभागीता नभए उनिहरुले गुट परिबर्तन गर्ने भय प्रचन्ड माधव समुहमा रहेको छ । मन्त्री पद नपाए ओली समूहमा जान्छु भन्दै केही सांसदले धम्क्याउन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट समेत अप्ठ्यारोमा परेका छन । ५३ सदस्यीय प्रदेश सभामा ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना राजपाका सांसद छन् ।

नेकपाका ३९ जनामध्ये ओली पक्षमा ८ जना मात्रै खुलेका छन् । मन्त्री बन्न आकांक्षी रहेकाहरुले पनि दौडधुप गरिरहेका छन् । मन्त्रीको नाममा चर्चामा रहेकाहरुलाई ब्यबस्थापन गर्न केही मन्त्रीहरुलाई बिदा गर्नु पर्ने उक्त समुहका नेताहरुले बताएका छन् ।

उक्त समुहले सबैको ब्यबस्थापन गर्न केही मन्त्रालय फुटाउने र राज्यमन्त्री थप्ने बिषयमा पनि उक्त समुहका नेताहरुले छलफल शुरु गरेका छन् । अहिले मन्त्री परिषदमा रहेका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदी,बनमन्त्री माया भट्ट र कृषीमन्त्री बिनिता चौधरी दोहरीने सम्भाबना कम रहेको प्रचन्ड माधव समुह स्रोतले जानकारी दिएको छ ।


७ माघ २०७७, बुधवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु