punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१७ दशमलव ३१ अंकले बढ्यो नेप्से

Chaupati
safha napa

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि पनि बढेको छ । नेप्से आज १७ दसमलव ३१ अंकले बढेर २३ सय ३२ दसमलव ३२ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि दुई दसमलव १८ अंकले बढेर चार सय ४५ दसमलव ६१ बिन्दुमा चढेको छ ।

नेप्सेमा आज दुई सय सात वटा कम्पनीहरुको ५१ हजार आठ सय १३ पटकको कारोवारमा एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर किनबेच भएकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिभिल लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर नौ सय ६८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव १४ प्रतिसतले घटेर एक सय ६२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता चार सय ४६ रुपैयाँ अन्तिम मुल्यमा ३३ करोड ४६ लाख ९४ हजार सात सय ९८ रुपैयाँको कारोवार भएको छ ।


५ माघ २०७७, सोमवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु