सवारी दुर्घटनामा कतारमा एक नेपालीको मृत्यु

सवारी दुर्घटनामा परि कतारमा एक नेपालीको मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि झापा गाउँपालिका ३ कामिटोली बजार स्थायी घर भएका पशुपति शाहको घटनास्थलमै मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

विगत ८ वर्ष देखि कतारमा डाइभिङ गर्दै आएका उनको आफूले चलाएको ट्रक दुर्घटनामा परि मृत्यु भएको हो । कामिटोली बजारमा सामान्य परिवारका उनका श्रीमती र दुई छोरा रहेका छन् ।

दुर्घटना परी मृत्यु भएका शाहको आवश्यक कागजात पूरा गरी नेपाल पठाउन सम्बन्धित निकायमा प्रक्रिया अघि बढी सकेको नेपाली दूतावासले जनाएको छ ।


५ माघ २०७७, सोमवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु