नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखियो

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पु्ष्टि भएको छ। २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपछि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए ।


५ माघ २०७७, सोमवार १३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु