घट्यो सुनको मूल्य

सोमवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


५ माघ २०७७, सोमवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु