punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीको कदमविरुद्ध धनगढीमा बयलगाडा र्‍याली

Chaupati
safha napa

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार धनगढीमा बयलगाडा र्याली निकालेका छन् ।

नेकपा प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले बयलगाडा र्‍याली निकालेको हो। धनगढीको क्याम्पस रोडदेखि निकाएको र्याली पािर्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अनेरास्वयूमा आवद्ध विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले उसअघि २०६२/०६३ सालको जनआन्दोलनताका ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले बयलगाडा प्रदर्शन गरेको हो।


२६ पुस २०७७, आइतवार १६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु