मालिकार्जुन गाउँपालिकामा तालाबन्दी

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ।

गाउँपालिकाको कार्यालय थकतोली सार्ने निर्णय गरेको भन्दै शुक्रबारबाट शंकरपुर बजार व्यवस्थापन समिति र स्थानीयहरुले तालाबन्दी गरेका हुन्। उनीहरुले शंकरपुर बजार क्षेत्रकै आसपासमा कार्यालय हुनुपर्ने माग राखेका छन्।

यस्तै शनिबार बसेको संघर्ष समितिको बैठकले आइतबार शंकरपुर बजार क्षेत्र बन्द गर्नेलगायतका निर्णय गरेको थियो ।


२६ पुस २०७७, आइतवार १६:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु