punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रमओलीको विरोधमा प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले धनगढीमा बाले टायर

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड – नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्च नजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर धनगढी आउन लागेका हुन्। सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड – नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत नगर्ने भएका छन्।

प्रचण्ड –नेपाल पक्षीय नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरू नजाने बताए। प्रचण्ड – नेपाल समूहले ओलीलाई लक्षित गरी प्रदर्शन गर्ने योजना बनाएका छन्।

उनीहरूले आमसभा गरे गरून्, हामी केही भन्दैनौं तर ओलीको असंवैधानिक कदमका विरुद्ध पुत्ला जलाउने, टायर बाल्ने र प्रदर्शन गर्ने काममा युवाहरू स्वतस्फुर्त जाने सोडारीले जानकारी गराए । ओली समूहले आमसभा भने पनि उनको कार्यक्रममा दुई हजार मान्छे पनि नआउने उनको दाबी छ।

सार्वजनिक ठाउँमा जम्मा हुने आँट नभएर सुरक्षाकर्मीको घेरामा मञ्च बनाएर कुनामा कार्यक्रम गर्दै उनले जानकारी गराए ।


२४ पुस २०७७, शुक्रवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु