punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री आउने भएपछि धनगढीमा सुरक्षा व्यवस्था कडा, कुकुर पनि खटाइयो

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउने भएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

ओली आज नेकपा प्रदेश कमिटी (ओली समूह)ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी आउन लागेका हुन् । उनको सुरक्षाको लागि विमानस्थलदेखिनै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

कार्यक्रमस्थल वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ। त्यहाँ मात्रै एक हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। सभामा सहभागी हुनेले कालो मास्क लगाउनसमेत प्रतिबन्ध लगाइएको छ।

नेकपा ओली समूहले आयोजना गरेको सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रतिनिधि सभाको विघटनपछि ओलीले जनसभालाई सम्बोधन गर्न पहिलो पटक सुदूरपश्चिम आउन लागेका हुन् ।

प्रधानमन्त्री ओली अहिले मौसम खुल्ने बित्तिकै श्री एअरलायन्समार्फत धनगढी आउँदैछन् । आज विहान ८ बजे आउने कार्यक्रम भएपनि मौसम खराबीका कारण विमान आउन सकेन ।


२४ पुस २०७७, शुक्रवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु