punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

Chaupati
safha napa

रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली (एअर डिफेन्स मिसाइल सिस्टम) खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ।

अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। अमेरिकाले भारतलाई रक्षा नीतिमा व्यापक परिवर्तन गर्न र विदेशी प्रत्यक्ष विदेशी लगानी भित्र्याउन दबाब बढाइरहेको छ।

कंग्रेसको स्वतन्त्र अनुसन्धान विभाग कांग्रेसनल रिसर्च सर्भिस (सीआरएस)ले सदनलाई बुझाएको प्रतिवेदनमा रूससँग प्रविधि साझेदारी र सह–उत्पादनतर्फ भारत निकै परस्त देखिएको आरोप लगाइएको छ।

रूसी मिसाइल प्रणाली किनेको टर्कीमाथि अमेरिकी प्रतिबन्ध कांग्रेसका  सदस्यहरूले तयार गरेको सो रिपोर्टमा भारतले रूसमा निर्मित एस–४०० क्षेप्यास्त्र प्रणाली खरिद गर्न अर्बौं डलर खर्चन लागेको उल्लेख गरिएको बताइएको छ। साथै, अमेरिकाको शत्रुविरोधी प्रतिबन्ध कानुन भारतमाथि लाग्नसक्ने चेतावनी दिइएको छ।

सन् २०१८ अक्टोबरमा भारतले रूससँग पाँचवटा एस–४०० क्षेप्यास्त्र प्रणाली खरिद गर्न ५ अर्ब डलर बराबरको सम्झौता गरेको थियो। सो सम्झौता हुनुअघि नै ह्वाइटहाउसले नयाँ दिल्लीलाई यसो गरे अमेरिकी प्रतिबन्ध लाग्ने र त्यसका लागि तयार रहन चेतावनी दिएको थियो।

एस–४०० खरिद गर्न भारतले सन् २०१९ मा रूसलाई ८० करोड डलर भुक्तानी दिइसकेको छ।रूसनिर्मित एस–४०० सबैभन्दा अत्याधुनिक क्षेप्यास्त्र प्रणाली हो। यो प्रणालीले निकै लामो दूरीसम्म मार हान्न सक्छ। एजेन्सी सहयोगमा


२१ पुस २०७७, मंगलवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु