बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर धन बहादुर खड्का मुत्यु भएको हो । उनि शनिवार दिउसो घाँस काट्नको लागि घर नजिकै रहेको मेलामा गएका थिए ।
खड्का अवेर सम्म घरमा नआएपछि स्थानियले खोजि गर्दा आईतवार विहान घर नजिकै रहेको खणिल्ला मेलामा घाईते अवस्थामा भेटिएको र केही समयपछि उनको ३ बजे मृत्यु भएको स्थानीय जङग खड्काले जानकारी गराए ।
१९ पुस २०७७, आइतवार १७:१७ बजे प्रकाशित












