बाजुरामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
बाजुरामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक प्रहरीले पक्राउ गेको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रशरीले पक्राउ गरेको हो ।
शनिबार राति महिला कोठामा एक्लै भएकाबेला गिरि कोठामा आएर दुर्व्यवहार गरेको ती महिलाले आरोप लगाएकी छन । महिलाले टेलिफोनमार्फत उक्त जानकारी दिएपछि गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
महिलाको जाहेरीका आधारमा गिरी माथि थप अनुसन्धान थालिने प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।
१९ पुस २०७७, आइतवार १७:३४ बजे प्रकाशित












