साताको पहिलो दिन कति छ सुनको मूल्य ?
बजारमा आज सुनचाँदीको मूल्य स्थीर रहदै सुन आजपनि प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमानै कारोबार भैरहेको छ ।
सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार तीन सय रुपैयाँमै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।
१९ पुस २०७७, आइतवार ११:३५ बजे प्रकाशित






























