दाहाललाई भेट्न खुमलटार पुगे गौतम
प्रतिनिधिसभा विघटनपछि अघोषित रूपमा विभाजित बनेको सत्तारूढ नेकपाका उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।
समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड–माधव समूह कतै पनि नरहेको बताएका गौतम आज बिहान दाहाललाई भेट्न खुमलटार पुगेका थिए । गौतम र दाहालबीच करिव ४५ मिनेट कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
भेटवार्ता पुस ५ मा प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाकारी दिएको छ ।
१५ सय जना सदस्यहरूको तटस्थ समूह बनाएर अझै पनि पार्टी एकताको लागि दबाब दिन लागेको बताउँदै आएका गौतम दाहाल भेट्न खुमलटार पुगेका थिए ।
१७ पुस २०७७, शुक्रवार ११:२१ बजे प्रकाशित














