कैलालीको सामुदायिक वनभित्र बेवारिसे शव भेटियो
कैलालीको गोदावरी नगरपालिकावडा नम्बर ४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव भेटियोको छ।
शव भेटिएको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी गराउदै मृतकको शव सडेको अवस्थामा भेटिएको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट भेटिएको जानकारी गराए।
शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५÷३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको उनले बताइएको छ।
१७ पुस २०७७, शुक्रवार १०:४५ बजे प्रकाशित












