सुर्नया गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि
बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका इन्जिनियरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गरिएको थियो ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा बिष्टलाई कोरोना पुष्टि भएको हो । अध्यक्ष बिष्टको स्वास्थ्य अवस्था भने समान्य छ । आफू अहिले घरमै आइसोलेसनमा बसिरहेका अध्यक्ष बिष्टले बताए।
छिट्टै कोरोना जितेर काम फर्किने अध्यक्ष बिष्टले जानकारी गराए । आफूमा कोरोना पुष्टि भएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि अध्यक्ष बिष्टले आग्रह गरेका छन् ।
उनले अहिले आफूले घरायसी जडीबुटी र तातोपानीको प्रयोग गरिरहेको जानकारी गराए । गाउँपालिकाले सूचना जारी गर्दै पौष २१ गते सम्मका लागि सेवा बन्द गरेको छ।
१६ पुस २०७७, बिहीवार १५:३९ बजे प्रकाशित












