हुलाकी सडक क्षेत्रमा पर्ने घरहरु घरधनी आफै भत्काउन थाले (भिडियो सहित)

धनगढी : कैलालीमा निर्माणाधिन हुलाकी सडक क्षेत्रमा पर्ने घरहरु घरधनी आफै भत्काउन थालेका छन् ।घर धनी आफै घर भत्काउन थालेपछि सडकको स्तरबृद्धीमा सजिलो भएको छ ।

पहिले एक लेनको निर्माण गरिएको भएपनि महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेनको बनाउन थालिएको छ । यही तीन किलोमिटर क्षेत्रमा पर्ने घरहरु घर धनी धमाधम भत्काउन थालेका छन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडक क्षेत्रमा पर्ने घरहरु घरधनीले भत्काएर सहयोग गरेका कारण काम गर्न सजिलो भएको बताए । ६ लेन सडक बिस्तार गर्दा सडक क्षेत्रका घरहरु भत्काउन आफै डोजरमा बसेर जवरजस्ती गर्नुपरेको बताउदै नगरप्रमुख वडले भने, तर क्याम्पस रोड मनहेरा क्षेत्रका घरधनी आफै घर भत्काउन जुटेका छन् ।

सडकको स्तरबृद्धीले तत्काल घटा भएपनि दुरगामी रुपमा फाईदा नै हुन्छ नगरप्रमुख वडले भने, त्यसले विकास गर्नमा सहयोग गरेको देखिन्छ । धनगढीमा भैरहेको विकासमा सहयोग गर्ने घरधनी धन्यवादका पात्रपनि हुन नगरप्रमुख वडले भने, नगरवासी सबैलाई विकासमा अवरोध नगरी यसरी नै सहयोग गर्न अनुरोध गर्दछु ।


२९ माघ २०७६, बुधवार ०७:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु