कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुग्यो

चीनमा देखा परेको कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ।
यो भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन्। यस्तै हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमणका घटना फेला परेका छन्। ४ हजार ७ सय ४० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेको छ। भाइरसको सुरुवात हुबेई प्रान्तबाट भएको थियो।
२९ माघ २०७६, बुधवार ०७:३७ बजे प्रकाशित