ईप्रका मालाखेती अत्तरीयामा डीएसपी शाहीलाई खटाइयो
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय मालाखेतीमा डीएसपी प्रेम शाहीलाई खटाएको छ। बिहीबार लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत शाहीलाई मालाखेती अत्तरीयामा काज सरुवा गरेको हो।
यस अघि मालाखेती इप्रकाका प्रमुख डिएसपी भरत चौधरी जिल्लालाई खबर नै नगरी मंगलबार राती सम्पर्क विहीन भएपछि उनलाई जिल्ला तानेको थियो । घटना सम्बन्धी छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले एसपीको संयोजकत्वमा समिती गठन गरेको छ भने चौधरीलाई थप कार्बाहीको लागी मुख्यालयमा सिफारिस गरेको उनले बताए छ।
१२ मंसिर २०७७, शुक्रवार १५:४७ बजे प्रकाशित































