धनगढीमा ‘सडक बिस्तारमा सहयोग पुगोस भनेर आफै संरचना भत्काए’
धनगढी उप–महानगरपालिका वडा नम्बर २ का खगेन्द्र सिंह धामीले शुक्रवार धनगढीको चर्च–गुल्म सडक खण्डमा पर्ने आफ्नो ६ कोठे पक्की भवन भत्काए ।
क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको सडकहरु विस्तार हुनेभएपछि धामीले सडक क्षेत्रधिकार भित्र पर्ने संरचना भत्काएका हुन । सडक बिस्तारमा सहयोग पुगोस भनेर संरचना भत्काएको हुँ धामीले भने, ‘ सबैको सकारात्कम भूमिकाबाट मात्रै धनगढीको विकास सम्भव छ । अरुलाई उत्प्रेरणा दिनका लागि घर भत्काएको धामीले बताए । अहिले चर्च–गुल्म सडक १० मिटरको बन्दै छ ।
धामी जस्तै नगरका सडकहरु फराकिला बनाउनका लागि धनगढीका घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन । घरधनीहरु आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताए । नगरवासीले सडक बिस्तारका लागि गरेको सहयोगले क्षेत्रीय शहरी विकास आयोजनाहरु समयमै सम्पन्न हुनेमा ढुक्क छौं,नगरप्रमुख वडले भने, स्थानीयको सहयोग बिना कुनैपनि ठाउँको विकास गर्न सकिदैन ।
उप–महानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने,भत्काएको भागको नक्सापासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वडले बताए ।
१२ मंसिर २०७७, शुक्रवार १५:०३ बजे प्रकाशित































