बैतडी : प्राथमिक उपचार तालिम सञ्चालन
बैतडी : प्राथमिक उपचार तालिम सञ्चालन भएको छ । बिहीबारदेखि नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीद्वारा युनिसेफ नेपालको सहयोगमा सञ्चालित बालबालिका केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत तालिम सञ्चालन भएको हो । दशरथचन्द नगरपालिकाका वडा नम्बर ११ ओटै वडाबाट २४ जनाको तालिममा सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले जानकारी गराए ।
बिहीबारदेखि शुरु भएको तालिम ३ दिन सम्म सञ्चालन हुने उनले जानकारी गराए । प्राथमिक उपचारका आधारभूत सिद्धान्तका बारेमा जानकारी दिनका लागि तालिमको आयोजना गरिएको हो । तालिमबाट प्राथमिक उपचारक उत्पादनका लागि समेत सहयोग पुग्ने कार्यक्रम संयोजक पाण्डेयले जानकारी गराए।
तालिमका सहभागीहरु मध्येबाट उत्कृष्ट सहभागिहरुलाई पछि थप तालिम दिएर प्राथमिक उपचारक उत्पादनमा सहयोग पुग्ने उनले बताइएका छन । विभिन्न घटना, दुर्घटना हुँदा मानिसको ज्यान जोगाउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका हुने भएकाले यो सम्बन्धि सीप विकास गर्न तालिमको आयोजना गरिएको हो ।
१२ मंसिर २०७७, शुक्रवार १४:०१ बजे प्रकाशित































