गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इस्मा-४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान दुर्घटना भएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताए । उनका अनुसार दुर्घटनामा तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

घटनास्थलमा अहिले उद्धारको काम भइरहेको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


१२ मंसिर २०७७, शुक्रवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु