डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएकै दिन डडेल्धुरामा एक महिला बलात्कृत भएकी छन् ।

बुधबार राती जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर १ खैरोडामा स्थानीय ३० बर्सिया महिला माथि सामूहिक बलात्कार भएको प्रहरीले जानकरी दिएको छ ।

‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिला माथि बलात्कार गरेको भन्ने उजुरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौ ।’

घटनामा संलग्न रहेको भन्दै ३० वर्षीय टेक दमाईंलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा अन्यको पनि संलग्नता रहेको भन्दै अरुको खोजी भइरहेको प्रहरीले बताए ।


११ मंसिर २०७७, बिहीवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु