कञ्चनपुरमा पुरुषको शव भेटियो

कञ्चनपुरमा एक पुरुषको शव भेटियो छ ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १० सुकासालमा भिमदत्त नगरपालिका वडा नम्बर ६ अ‍ैठपुरका ३८ वर्षीय राजेन्द्र चन्दको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बिहीबार बिहान स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

बेवारिसे शव भटिएको सूचना पाएका प्रहरीले सनाखत गर्दा चन्दको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी गराए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।


११ मंसिर २०७७, बिहीवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु