बैतडीमा युवती बलात्कार घटना मिलाउनेमाथि कारबाही गर्ने

बैतडीमा युवतीमाथि बलात्कार गर्ने र घटना मिलापत्र गराउनेलाई कारबाहीको दायरामा ल्याइने भएको छ।

गत जेठमा बैतडीको सिगास गाउँपालिकामा १८ वर्षीया युवतीमाथि बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरिएको विषय बाहिरिएपछि घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको हो।

उनी उजुरी दिन आज जिल्ला प्रहरी कार्यालय बैतडी पुग्दैछिन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘बलात्कारमा संलग्न व्यक्ति र घटना गाउँमै मिलापत्र गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ  जानकारी दिए ।

गत जेठ २३ मा सिगास गाउँपालिकाको वडा नम्बर ३ का दिपकसिह धामीले आफुमाथि बलात्कार गरेको ती युवतीले आरोप लगाएकी छिन्। तर गाउँका अगुवाले युवतीमाथि भएको बलात्कारको घटना १ तोला सुन दिने भन्दै गाउँमै मिलापत्र गरेका थिए।

‘म बिहान पानी भर्न गएका बेला दिपकले मलाई जबरजस्ती गरेका थिए। पछि गाउँमा कागजात बनाएर मलाई १ तोला सुन दिन्छु भन्दै जबरजस्ती औंठा छाप लगाउन लगाइयो’ पीडित युवतीले बताईन ।

प्रहरी समेतले गाउँमै मुद्धा मिलाउन सुझाव दिएको आरोप लगाउदै उनले गाउँका अगुवा राजेन्द्रसिंह धामी, मनोज सिंह धामी, अमरसिंह धामी, नरेन्द्र धामी र गोपाल धामीले तमसुक बनाएको बताएकी छन।

तमसुक अनुसार पीडक पक्षले १ तोला सुन नदिएपछि घटना बाहिरिएको छ। पीडक दिपकसिह धामीलाई गाउँलेले भारत भगाइसकेको किशोरीको बताईन।


११ मंसिर २०७७, बिहीवार १४:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु