punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा १५ जनामा स्क्रब-टाइपस संक्रमण

Chaupati
safha napa

स्क्रब टाइपसको कञ्चनपुरमा १५ बिरामी देखिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लामा २२ जनामा यसको संक्रमण देखिएको थियो । भने यस वर्षको पहिलो चौमासिकमै १५ जनामा स्क्रब टाइफस देखिएकाले अझै बिरामी बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।
उहाँका अनुसार सबैभन्दा बढी महाकाली नगरपालिकामा ८ जनामा यसको संक्रमण देखिएको बताए ।

स्क्रब टाइफसको संक्रमण भएमा मानिसमा एकनासले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरी दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरी रातो हुने जस्ता लक्षण देखा पर्ने चिकित्सकहरुले जानकारी दिए।


११ मंसिर २०७७, बिहीवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु