punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजतन्त्रको समर्थनमा धनगढीमा विशाल र्याली, घन्क्यो ‘राजा आउ, देश बचाउ’को नारा (तस्बीरसहित)

Chaupati
safha napa

राजतन्त्र पक्षधरहरुले अहिले कैलालीको धनगढीदेखि अत्तरियासम्म विशाल र्याली निकालेका छन् । धनगढीको बुद्धचोकदेखि चौराह हुँदै र्याली निकालिएको छ ।

संवैधानिक राजतन्त्र पुनःबाहालीको माग गर्दै निकालिएको र्यालीमा हजारौं युवाहरुको सहभागिता रहेको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा गरिएको र्याली अत्तरिया परिक्रमा गरी पुनः धनगढी चौराहामा कोणसभा गर्दै कार्यक्रम गर्दै सम्पन्न गरिने जनाइएको छ ।

र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, लगायतका नारा लगाएका छन् । र्यालीमा चार पाग्रे गाडी र एक हजार भन्दा बढी मोटरसाइकलमा गरेर झण्डै २५ सय भन्दा बढी व्यक्तिहरुले सहभागिता जनाएका छन् ।


४ मंसिर २०७७, बिहीवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु